सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामायणसँग जोडिएको इतिहासको बारेमा जान्ने उत्सुकता हरेकमा हुन्छ । भनिन्छ श्रीलंकामा आज पनि रामायणसँग जोडिएका कैयौ ऐतिहासिक स्थल रहेको छ, जसको बारेमा जो–कोही जान्न चाहन्छन् । यो स्थलले भगवान श्रीराम र रावणसँग जोडिएको कैयौ साँचो कुराहरुको ब्याख्या गर्दछ ।
एक अध्ययन अनुसार, पुरातत्वविदले श्रीलंकामा ५० भन्दा बढि यस्तो स्थल खोज्ने दावी गरेको छ, जसको सम्बन्ध रामायण कालसँग छ । यो अध्ययन अनुसन्धानमा पनि दावी गरीएको छ कि रावणको शव आज पनि एउटा गुफामा रहेको छ । यो गुफा श्रीलंकाको रगलाको घना जंगलमा रहेको छ ।
यद्यपी, रावणको मुत्यु कहिले भएको थियो, यसको कुनै पनि प्रमाण छैन तर कथन अनुसार भगवान श्रीरामको हातबाट उसको मुत्यु १० हजार बर्ष भन्दा पहिला भएको थियो ।
भनिएको छ कि रगलाको जंगलमा ८ हजार फिटको उचाईमा एउटा गुफा छ, जहाँ रावणको शवलाई चिहान बनाएर राखिएको छ । चिहानलाई एउटा खास किसिमको लेप लगाइएको छ जसको कारण हजारौ बर्षसम्म पनि त्यो शव जस्ताको तस्तै हुन्छ ।
श्रीलंकाको ईन्टरनेशनल रामायण रिसर्च सेन्टरद्धारा गरिएको अध्ययन अनुसार, जुन चिहानमा रावणको शव राखिएको छ त्यसको लम्बाई १८ फिट र चौडाई ५ फिट छ भने उक्त चिहानमुनी रावणको बहुमुल्य धनहरु लुकाएर राखिएको छ जसको हेरचाह एउटा नांग र खतरनाक जनावरहरुले गर्छन ।
मान्यता अनुसार, जब भगवान श्रीरामले रावणलाई मारेका थिए, त्यसपछि शवलाई अन्तिम संस्कारको लागी विभीषणलाई सुम्पिएको थियो । तर विभीषणले राजगद्धि सम्हाल्ने हतारमा रावणको शवलाई त्यही त्यतिकै छोडे । र त्यही समय शवलाई नागकुलका मानिसहरुले आफुसँगै लगे, किनभने उनीहरुलाई पुर्ण विश्वास थियो कि रावणको मुत्यु क्षणीक हो, उ फेरी ब्युझनेछ । तर यस्तो भएन । यसपछि उनीहरुले रावणको शवलाई चिहानमा राखे ताकि शव कैयौ बर्षसम्म सुरक्षित रहोस ।
अनुसन्धानमा यो पनि खुलासा गरीएको छ कि रावणको अशोक वाटीका कहाँ थियो र उसको पुष्पक विमान कहाँ उत्रिएको थियो । यसको अलावा, अनुसन्धानमा हनुमानको पैतालाको निशान खोज्ने पनि दावी गरीएको छ । यद्यपी, यी सबै चीजको प्रमाणिकता अहिलेसम्म सिद्ध हुन भने सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा