सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रपले सिमालाई लिएर फेरी एकपटक कडा बन्दै भनेका छन् कि मद्यत गर्ने र योग्य ब्यक्ति मात्र अमेरीका आउनुहोस्, अवैध तरिकाले आउने मानिसहरु सीमाबाट भित्र प्रवेश नगर्नुहोस् ।
शनिवार पत्रकारहरुसँगको कुराकानीमा उनले भने म सिमालाई लिएर धेरैनै कठोर छु , अमेरीका सिमामा कठोर छ । मानिसहरु हाम्रो देशमा बैध तरिकाले मात्र आउन, न कि अवैध तरिकाले । म चाहन्छु कि मानिसहरु आफनो योग्यताको आधारमा मात्र आउन ।
अवैध आप्रवासनको मुद्धाको सवालको जवाफ दिदै राष्ट्रपति ट्रंपले दोहराय कि उनी योग्यताको आधारमा मात्र आफनो देशमा प्रवेश दिन चाहन्छन् ।
उनले अगाडि भने म चाहन्छु कि धेरै भन्दा धेरै विदेशीहरु अमेरीका आउन ।
ट्रंपले माइग्रेशन पोलिसीको पनि विरोध गरे । कुनै एउटा देश या जातीको ब्यक्तिका अनुसरण गर्दे अन्य ब्यक्ति पनि त्यही देशमा पुग्नुलाई चेन माइग्रेशन (आप्रवासन) भनिन्छ । राष्ट्रपतिले भने , अमेरिका अपराधिहरुलाई देशमा प्रवेश गर्न दिदैन ।
ट्रंपले भनेका छन् कि अमेरीकाको अर्थब्यवस्था मानिसहरुलाई आकर्षित पार्छ । सबै जना यहाँख आउन चाहन्छन् । हाम्रो देशमा फेरी उत्कृष्ट कार कम्पनि आईरहेको छ । यस्तो गएको ३५ बर्षमा भएको थिएन । उनीहरुलाई नियन्त्रण गर्न हाम्रा सीमा सुरक्षा बल र आव्रजन विभाग धेरै राम्रो काम गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा