सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा, असोज २५। स्क्रब टाइफस रोगबाट यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित भएका छन् । अजयमेरु गाउँपालिका–४ भुल्कुडाकी २२ वर्षीया सरस्वती भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतककी आमा हरिनादेवीलाई पनि सङ्क्रमण देखिएको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उक्त रोग सरुवा भएकाले अरुमा सङ्क्रमण हुन नदिन स्वास्थ्यचौकीबाट टोली खटाइएको जिल्ला स्वास्थ्य कार्यालयका भेटनरी कन्ट्रोल अधिकृत दीपेन्द्र रावलले बताए ।
स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जीउमा रातो दाग देखा पर्ने र टाउको धेरै दुख्ने लक्षण हुने चिकित्सकले बताएका छन् ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा