सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साउदी अरबको जेलमा रहेका तीन मानव अधिकार कार्यकर्ता र लाटिन अमेरीकामा भ्रष्टचार विरुद्धके लडाई लड्ने दुई जना गरी ५ जनालाई “द राइट लाइवलीहुड” पुरस्कार दिइएको छ । यो पुरस्कारलाई “अल्टरनेटिभ नोबेल” पनि भनिन्छ ।
साउदी अरबमा निरंकुश राजनितिक प्रणालीमा सावैभौमिक मानवअधिकार सिद्धान्तको आधारमा सुधार गर्ने बहादुरी पुर्ण कामको लागी साउदी अरबका तीन कार्यकर्तालाई यो पुरस्कार दिइएको हो ।
१,१३,४०० अमेरीकी डलरको यो पुरस्कार अबदुल्ला अल–हामिद, मोहम्मद फहद अल–कहतानी र वलीद अबू अल–खैरलाई दिइएको हो । यो पुरस्कारको शुरुवात स्वीडेन–जर्मनीका परोपकारी जैकब वान यूयेक्सकुलले गरेका थिए । उनको अनुसार यो पुरस्कार ती मानिसहरुलाई दिइनेछ, जसलाई नोवल पुरस्कार दिन वेवास्था गरिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा