सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिकका अनुसार जुन युवतिहरुको आफनो पितासँग घनिष्ट सम्बन्ध रहन्छ उनीहरुमा एक्लोपन महशुस गर्ने अन्य युवतीहरुमा भन्दा कम हुन्छ ।
अमेरीकामा ओहियो स्टेट युर्निभसिटिका सहयोगी प्रोफेसर निज फेगले भने हामीले पत्ता लगायौ कि पिता र छोरी विचको घनिष्टता छोरीहरुलाई मद्यत गर्न र उनीहरुलाई एक्लो पनबाट बाहिर ल्याउन मद्यत गर्दछ ।
जर्नल अफ फेमिलि साइकोलोजी मा प्रकाशित एक अध्ययनमा ६९५ परिवारको डाटाको विश्लेषण गरीएको थियो । निष्कर्ष अनुसार यो अवधिको दौरान निकटताको स्तरमा गिरावट आएको छ, जबकि संघर्षमा बृद्धि भएको छ ।
ओहियो स्टेटका डाक्टरेट छात्र जुलिया यानले भने “यो एउटा यस्तो समय हो जब बच्चा अधिक स्वतन्त्रता हुदै जादैछन्, साथीहरुसँग सम्बन्धलाई बढाइरहेका छन र सामाजिक ब्यवहारतिर अधिक आकर्षित भईरहेका छन्” ।
यद्यपी, अध्ययनबाट पत्ता लाग्यो कि पितासँगको घनिष्ट सम्बन्धले छोरीहरुलाई उनीहरुको एउटा साथीको रुपमा मद्यत गरेर एक्लोपनबाट टाढा राख्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा