सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वभरको अभिनेताको कमाईको आकडालाई लिएर फोर्ब्सले हरेका बर्ष १०० अभिनेताको लिस्ट जारी गर्दछ र यो पटक बलीउडका अभिनेता सलमान खान र अक्षय कुमार टप १०० मा आफुलाई पार्न सफल भएका छन् । यो लिस्टमा अक्षय ७६ औ र सलमान खान ८२ औ नम्बरमा परेका छन् । तर तपाईहरुलाई थाहा नहुन सक्छ कि बलीउडमा सबैभन्दा धेरै फिस लिने नायक कुन हो भनेर ।
कुन सुपरस्टार एक फिल्म गर्नको लागी कति फिस लिन्छन ?
१) सलमान खान
बलीउडका टाइगर सलमान खान बलीउड इडस्ट्रिमा सबैभन्दा धेरै फिस लिने पहिलो नम्बरको नायक हुन । यद्यपी उनको हालैको फिल्म रेस ३ बक्स अफिसमा धमाका मच्चाउन सफल भएन जती निर्माण पक्षले अपेक्षा गरेको थियो । तर पनि सलमान खानको ब्राण्ड भ्यालुमा कुनै असर परेन । अहिलेपनि सलमान खान एक फिल्म बराबर ६० करोड भारु सम्म फिस लिन्छन् ।
२) आमिर खान
सलमान खानपछि इंडस्ट्रिको दोस्रा ठुला खान स्टार आमिर खानको नाम आउछ र पारिश्रमिक पनि दोस्रो नम्बरमा छन् । सुत्रका अनुसार उनले आफनो आउन लागेको फिल्म ठग्स अफ हिन्दुस्तान को लागी ५० देखी ५५ करोड भारु पारिश्रमिक चार्ज गरेका छन् ।
३) शाहरुख खान
सलमान–अमिरपछि तेस्रा खान शाहरुख खान यो सुचीको तेस्रो नम्बरमा छन् । उनी एक फिल्म खेले वापत ४० देखी ४५ करोड भारु लिन्छन् । शाहरुख डिसेम्बरमा जीरो मा देखिदैछन् ।
४) अक्षय कुमार
फोर्ब्सको लिस्टमा ७६ औ स्थानमा आफनो नाम पार्न सफल अक्षय कुमार चोथो नम्बरमा छन् । अक्षय एक फिल्मको लागी ४० देखी ४५ लाख भारु फिस लिन्छन र उनी इंडस्ट्रिमा सबैभन्दा बढि फिल्ममा पनि काम गर्छन । यो कारण पनि उनी फोब्र्सको लिस्टमा पनि आफनो नाम राख्न सफल पनि भएका छन ।
५) ऋतिक रोशन
सलमान, आमिर, शाहरुख र अक्षय पछि पाँचौ स्थानमा सबैभन्दा बढि फिस लिने बलीउड स्टार हुन ऋतिक रोशन । ऋतिक रोशन हरेका फिल्मको लागी लगभग ४० करोड भारु फिस लिन्छन् ।
६) रणविर कपुर
यी सबै पछि छैठौ नम्बरमा नाम आउछ रणवीर कपुरको । बलीउड मा हालैमात्र सञ्जु को नामबाट आफनो पहिचान बनाएका रणबीर एउटा फिल्म गर्नको लागी २५ करोड भारु माग्छन् ।
७) अजय देवगण
सातौ नम्बरमा नाम आउछ बलिउडका सिंघम उर्फ अजय देवगणको नाम । अजय देवगन एउटा फिल्मको लागी २२ देखी २५ करोड भारु फिस चार्ज गर्छन ।
८) अमिताभ बच्चन
बलीउडका महानायक अमिताभ बच्चन आज पनि लिड एक्टरको रोलमा काम गरिरहेका छन् भने आफु पछिको लागी टक्कर दिइरहेका छन् । बिग बि एउटा फिल्मको लागी १८ देखी २० करोड भारु सम्म फिस असुल्छन् र यो सुचीमा उनी आठौ नम्बरमा पर्छन ।
९) रणवीर सिंह
रणवीर सिंह पनि बलिउडका ट्यालेन्ट एक्टर मध्येका एक हुन उनको प्राय फिल्महरु बक्स अफिसमा धमाका मच्चाउछ । रणवीर प्रति फिल्मको लागी लगभग २० करोड भारु सम्म फिस लिन्छन् यो लिस्टमा उनी नवौ स्थानमा छन् ।
१०) शाहिद कपुर
सबैभन्दा धेरै फिस लिने टप १० बलीउड स्टारको लिस्टमा शाहिद कपुरको नाम पनि छ । शाहिद हरेक फिल्मको लागी १५ देखी १८ करोड भारु लिन्छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा