सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं, साउन ३ । पछिल्लाे समय प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारलार्इ पार्टीकाे निजी कार्यालय जस्तै बनाइएकाे छ । तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच पार्टी एकीकरणभई बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।
असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीँ बस्यो। नेकपा नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो अर्को दिन पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो। सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो। गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भएका छन्।
यसरी नेकपाले एकपछ अर्काे गर्दै पार्टीका बैठक सरकारी सुविधाकाे निवासमै गर्न थालेपछि अालाेचना भइरहेकाे छ । सत्ताको नेतृत्व गरेको नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रूपमा प्रयोग गरेको नागरिक दैनिकमा समाचार छ।
हुन यसअघिका सरकारको नेतृत्व गर्ने दलले पनि यही ठाउँलाई पार्टीको बैठकस्थल बनाउँदै अाएका थिए। २०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए ।
त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । अाखिर किन त ?
यसकाे जवाफमा सत्तासीन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष एउटै भएकाले उनको समयको सदुपयोगका लागि प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बोलाउने गरेको बताए । ‘यसको मुख्य कारण प्रधानमन्त्रीको समयको सदुपयोगका लागि मात्रै हो,’ श्रेष्ठले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा