सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असार २७ । नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बोको- बाख्रा वितरण गरेको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो ।
दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा