सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम, जेठ १४ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालतले सात वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलांगी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षजेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा