सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रधानमन्त्रि नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिङ पिंग बिच शुक्रबार (अप्रिल २७) हुन गईरहेको अनौपचारिक शिखर वार्ताभन्दा पहिला चीनले विहिवार दुबै देशका बिच ब्यापारलाई बढाउनको लागी हिन्दि फिल्म अभिनेता आमिर खानलाई ब्राण्ड एम्बेसडर नियुक्त गर्ने भारतीय योजनाको स्वागत गरेको छ ।
चिनिया विदेश मन्त्रलायका प्रवक्ता हुआ चिनफिंगले बेइजिङमा एक सम्वाददाता सम्मेलनमा भने “मैले सम्वन्धित खबर देखे, हामी सबैलाई थाहा छ कि आमिर खान एक प्रसिद्ध भारतीय अभिनेता हुन्, धेरै चिनिया मानिसहरुमध्ये जसमा म पनि पर्दछु जसले उनको फिल्म दंगल हेरेका छौ “।
केही खबरहरु अनुसार, वाणिज्य मन्त्रालयको दुबै देशका बिच द्धिपक्षिय ब्यापार सम्बन्धलाई बढावा दिनको लागी योजना बनाइरहेको छ । आमिरको फिल्म ‘दंगल’ चीनमा धेरै नै लोकप्रिय भएको थियो, यतिसम्म कि राष्ट्रपति शी जिंग पिगले पनि उक्त फिल्म हेरे । आमिरको अर्को फिल्म ‘सिक्रेट सुपरस्टार’ पनि चीनमा धेरै लोकप्रिय भयो र बक्स अफिसमा कमाईको रेकर्डलाई पनि तोडेको थियो ।
१९ जनवरी २०१८ मा ‘सिक्रेट सुपरस्टार’ चिनमा रिलिज गरियो । फिल्म समीक्षक तरण आदर्शको अनुसार फिल्मले पहिलो दिन ४३.३५ करोडको शानदार कलेक्शन गर्यो । ‘सीक्रेट सुपरस्टार’ को कलेक्सन पनि चीनीया बक्स अफिसमा अब्बल नंम्बर १ बन्यो । ‘सीक्रेट सुपरस्टार’ को ओपनिङ कलेक्शन ‘दंगल’ को भन्दा पनि कैयौ अधिक भयो । ‘दंगल’ ले चीनीया बक्स अफिसमा पहिलो दिन लगभग १३ करोडको कलेक्शन गरेको थियो । ‘दंगल’ ले ४७ दिनमा १२०० करोड भन्दा बढि कलेक्शन गरेको रेकर्ड चिनमा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा