सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २६ । गुण्डा नाइकेको रुपमा चिनिने गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले उनलाई जेल चलानको आदेश गरेको हो । आदेशसँगै लामालाई डिल्लीबजार कारागार लैजाने तयारी गरीएको छ ।
फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो । अनुसन्धान नसकिएपछि गएको चैत्र १२ गते थप १० दिन म्याद थप गरीएको थियो।
लामालाई प्रहरीले गौशलाको होटलबाट एक थान पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि हातहातियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो ।
हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायाँ हुने व्यवस्था छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा