सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, चैत २२। चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी गंगाबहादुर विश्वकर्माले बताए ।
यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । उपचार गराउन लैजानेक्रममा बाटैमा मृत्यु भएका दाहालको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ भने खत्रीको शव ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयवासीले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिए पनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन ।
खाल्डोमा डुबेर बालकको मृत्यु : यता, मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसी इँटाभट्टामा पानी जमेको खाल्डोमा डुबेर गएराति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही इँटा उद्योगमा काम गर्ने भारत घर भएका फैदुल मियाँका एक वर्षीय छोरा अलमान मियाँ रहेका छन् ।
पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा