सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १ । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्दप्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।
शर्माको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि बुधबार राति ७५ वर्षका उमेरमा निधन भएको हो ।
विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव बिहीबार काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरेपछि शुक्रबारका लागि बिदा दिइएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार पूर्वघोषित परीक्षा कार्यक्रम भने यथावत् रहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा