सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ६ । फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्ट्रासबर्गलाई ५–२ गोलले हराएको हो । पिएसजीको जितमा नेयमार, एन्जल डि मारिया र जुलियन ड्रेक्सलरले समान १–१ गोल गर्दा एन्डिसन काभानीले २ गोल गरे ।
खेलको छैटौं मिनेटमा अहोलाउले गोल गर्दै स्ट्रासबर्गलाई सुरूवाती अग्रता दिलाएको थिए । तर स्ट्रासबर्गको अग्रता लामोसमय टिक्न सकेन । त्यसको चार मिनेटमै पिएसजीका ड्रेक्सलरले पिएजीको लागी पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । २१ औं मिनेटमा किपरलाई छक्काउँदै नेयमारले उत्कृष्ट गोल गरेपछि पिएसजीले २–१ को अग्रता बनायो । त्यसको एक मिनेटमै एन्जल डी मारियाले २२ औँ मिनेटमा गोल गर्दै खेलमा ३-१को अग्रतामा पुर्राए ।
पहिलो हाफ ३-१ ले अगाडि रहेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरे ।
खेलको ६७ औं मिनेटमा स्ट्रासबर्गका वगोकेनले गोल गर्दै खेललाई २–३ मा ल्याए । तर ७३ औं मिनेटमा काभानीले गोल गर्दै खेललाई ४–२ को अवस्थामा पुर्याए । ७९ औं मिनेटमा नेयमारको पासमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ५–२ ले विजयी भयो ।
गएरातिको जितसँगै पिएसजीको २६ खेलबाट ६८ अंकसहित शिर्ष स्थानमा कायमै छ। हारपछि ३० अंक जोडेको स्ट्रासबर्ग लिगको १४ औं स्थानमा छ । शनिबार राति नै डिजोनलाई ४ – ० ले हराएको मोनाको भने ५६ अंकसहित दोस्रो स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा