सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ७ । ह्योन सोन्ग वोल लाई उत्तर कोरीयाका नेता किम जोङ ले फायरिङ स्क्वायडमा द्धारा हत्या गरिएकोे बारेमा यसअघि खबरहरु आएका थिए । उनी उत्तर कोरीयाली शासक किम जोंग उनका कथित प्रेमिका पनि हुन् ।
यसलाई लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उठाएपनि यसबारे तथ्य बाहिर आउन सकेन । ह्योन सोन्ग वोल उत्तर कोरीयाको मोरगबान्ग नामको ब्राण्डको हेड पनि हुन ।
दक्षिण कोरीयामा आगामी महिनाबाट विंटर ओलम्पिक शुरु हुन गईरहेको छ । ह्योन सोन्ग वोल दक्षिण कोरीयाको टिभिमा पनि देखा परेकी थिइन तर उनले टिभिमा कुनै प्रतिक्रिया दिइन्न ।
ह्योन सोन्ग वोल दक्षिण कोरीयामा हुन गईरहेको ओलम्पिकको तयारीको विषयमा बुझ्न दक्षिण गएकी थिइन । यो भन्दा पहिला दुबै कट्टर दुश्मन देश विच ओलम्पिक खेलको विषयमा छलफल गरी ओलम्पिक खेलमा दुबैदेशले एउटै झण्डा लिएर मार्चपास गर्ने सहमती भईसकेको छ । साथै आफनो देशको खेलाडी पठाउने सहमति पनि उत्तर कोरीयाले यसअघि नै गरिसकेको छ ।
उत्तर कोरीयाली शासक किम जोंग उनका कथित प्रेमिका दक्षिण कोरीया पुगेकी छन् । यसभन्दा पहिला स्पाइस गर्लको नामबाट प्रचलित यी युवतीलाई किम जोंग ले मार्न लगाएको हल्ला फैलिएको थियो । दक्षिण कोरीयामा हुन गईरहेको विटर खेलकुदको विषयमा बुझ्न ह्योन सोन्ग वोल सिउल पुगेकी हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा