सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ३ । लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति घरेलु मैदानमा भएको खेलमा फ्लीटउड टाउनलाई २-० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे ।
खेलको ४३ औँ मिनेटमा इस्लामी स्लिमानीको पासमा इहिनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए भने दोस्रो गोल खेलको ७७ औँ मिनेटमा गरे ।
गएराति भएको अर्को खेलमा श्रिउस्वरी टाउनलाई १-० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।
यी दुवै खेल एफए कपका रि प्ले हुन् । पहिलो खेल बराबरीमा सकिएपछि गएराति दोस्रो चरणमा रि प्ले खेलाइएको थियो ।
राति नै भएका अरु रिप्लेमा कार्डिफले म्यानस्फिल्डलाई ४–१, सेफिल वेइनस्डेले कारलिस्लेलाई २–०, वेष्ट ह्यामले श्रीस्बुरीलाई १–० तथा रिडिङले स्टेवेनागेलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा