सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण यूनिटले फिल्ममा समावेश ‘इज इट लभ ?’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ फिचरिङ गीतको भिडियो स्कटल्यान्डमा छायाँकन गरिएको हो ।
एलिश कार्कीको संगीत रहेको ‘ईज इट लभ’ बोलको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । शब्द राजेश श्रेष्ठको हो । मिलन चाम्स निर्देशित लिलिबिलिको गीतको सोमबार प्रेसमिट गर्दै रिलिज गरिएको हो । फिल्ममा प्रदीप, जसितासँगै र नायिका प्रियंका कार्की, अनुप विक्रम शाही र सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सको अभिनय रहेको छ ।
काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्ममा गोविन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेका छन् । सुदिप बराल सिनेम्याटोग्राफर हुन् । प्रेसमिटमा निर्माता चाम्सले फिल्मको प्रदर्शन मिति तय भैनसकेको बताए ।
भिडियो :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा