सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ १ । नेपाल आर्मीले खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सर्वाधिक पुरस्कार राशी भएको उक्त प्रतियोगीतामा सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा हराउदै
त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको हो ।
आइतबार धनगढी रंगशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफलाई ट्राइब्रेकरमा ५(४ ले हराउँदै आर्माीले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको थियो ।
आर्मीको जितमा विवेक बस्नेत, दीपक गुरूङ, दीप लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठले गोल गरे।
एपिएफको लागी रञ्जन विष्ट, पासाङ लामा, युवराज खड्काले गोल गरेपनि उपाधि भने जित्न सकेन । एपिएफका लागि सुदीपको प्रहार गोलमा परिणत हुन नसक्दा एपिएफले हार ब्यहोरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा