सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् । नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ ।
काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । तीन वर्ष अघि पति वियोगमा परेकी श्वेताले विवाहका बारेमा खुलेर जवाफ दिएकी छैनन् । विवाहका बारेमा प्रश्न गर्दा उनले दोस्रो विवाह आफ्नो हातमा नरहेको भन्दै उम्किने गरेकी छिन् ।
साथै अर्को विवाहबारे उनले दर्शकको चाहनाअनुसार अघि बढ्ने बताएकाले पनि दर्शकले विवाह गर्नुपर्छ भनेर दबाब दिएको खण्डमा उनी विवाह गर्न राजी हुने सम्भावना छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा