सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २९ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा डेनमार्कले स्थान सुरक्षित गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्ले–अफको दोस्रो लेगमा रिपब्लिक अफ आयरल्याण्डलाई ५–१ ले हराउँदै डेनमार्कले विश्वकपमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५-१ को जित निकालेको हो ।
खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा शेन डफीले गोल गर्दे आयरल्याण्डले गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । २० औं मिनेटमा आयरल्याण्डका साइरस क्रिष्टिले आत्मघाती गोल गरे। ३२ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका डेनमार्कका क्रिष्टियन एरिक्सनले ६३ र ७३ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गर्दै खेल ४–१ पुराए । ९० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै निकलस बेन्टनरले थप एक गोल गरेपछि डेनमार्क ५–१ ले विजयी भयो ।
गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ । यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपमा छनौट हुन नसकेको डेनमार्कले आउँदो वर्ष रुसमा हुने विश्वकपमा खेल्ने पक्का भएको छ ।
विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।
पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुस विश्वकपको लागी स्थान सुरक्षित गर्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा