सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, असोज ३०। रौतहटको मौलापुर नगरपालिकाका ६ घरमा चोरी भएको छ । चोरले ती घरबाट लाखौं मुुल्य बराबरको धनमाल चोरेर लगेका छन् । सोमवार राती चोरहरुले सुुरुङ खनेर मौलापुुर नपा १ मर्यादपुुर टोलका हृदय बैठा धोबी, महेन्द्र साह कानुु, रामाज्ञा यादव, भजुुराम महतो, राधेश्याम पटवा, सुुरज तिवारीका घरमा सुुरुङ खनेर ६ लाख बराबरको धनमाल लगेका हुन् ।
धोबीको घरबाट नगद दुुई लाख,चाँदीको हँसुुली १ थान,चाँदीको गोँडाई २ थान,कानुुको घरबाट नगद ४० हजार, यादवको घरबाट नगद ५० हजार लगेको पीडितहरुले बताएका छन् ।
त्यस्तै महतोको घरबाट नगद एकलाख ५० हजार, पटवाको घरबाट ६० हजार र तिवारीको घरबाट नगद एकलाख र एकथान लाभा कम्पनीको साधारण मोबाईल चोरेको पीडित परिवारले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बिजयपुुरका प्रमुख धर्म मुुडभरीले घटनाबारे छानबीन भईरहेको जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा