सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असोज २८ । निर्मात्री तथा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छन् । आज बसेको राप्रपा (प्रजातान्त्रिक) को बैठकले उनलाई पार्टीको प्रवास विभागको समेत जिम्मेवारी दिइएको हो । उनलाई सहमहामन्त्रीसँगै प्रवास विभागको जिम्मेवारी समेत दिईएको छ ।
थापा कमल थापाको नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी थिइन । राप्रपा फुटेसँगै कमल थापा नेतृत्वको राप्रपा छोडेर उनी पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी थिइन । थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार समेत सिफारिस गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा