सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुली, असोज २५ । चण्डीदल गण ठुलीटार व्यारेकमा कार्यरत एक सैनिक जवानको करेन्ट लागेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ७ ठुलीटारमा पानी तान्ने मोटर जडान गर्ने क्रममा करेन्ट लागेर व्यारेकमा कार्यरत सैनिक लोकेन्द्र अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डेरा नजिकै छिमेकी चिरञ्जीवी केसीको घरमा पानी तान्ने मोटर बिग्रिएकोले मर्मत गरेर जडान गर्ने क्रममा करेन्ट लागेर अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते अवस्थामा रहेका लोकेन्द्रको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्तजनले जनाएका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा