सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,असोज २४ । सिट बाँडफाडमा अल्झिएका वाम घटक शक्तिले विवादलाई आज टुंगो लगाउने भएका छन् । शीर्ष नेतृत्व र प्रभावशाली केही नेताको सहभागितामा आजै सबै सिट बाँडफाड टुंगो लाग्ने एक नेताले जानकारी दिए ।
आगामी मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलबीच सिट संख्यामा विवाद कायमै छ । चुनावी तालमेल र पार्टी एकता गर्ने सहमति गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालले मंगलबार साँझसम्ममा सिटको संख्या टुंगो लगाउने निष्कर्ष निकालेका छन् ।
एमाले र माओवादीले वाम तालमेलमा सहभागी हुने अन्य दल र व्यक्तिलाई दिएर बाँकी रहेको स्थानमा ६० र ४० प्रतिशतका दरले उम्मेद्वार चयन गर्ने सहमति गरिसकेका छन् । शीर्ष नताको सहभागितामा बनेको कार्यदलमार्फत कुन क्षेत्र कुन दलको उम्मेद्वार उठाउने भन्ने विषयमा लगभग छिनोफानो भइसकेको छ ।
निर्वाचन क्षेत्र छनोट कार्यदल र चुनावी घोषणापत्र निर्माण कार्यदलले काम सकेको प्रचण्ड निकट स्रोतको दाबी छ । कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमा एमालेलाई ९५ र माओवादी केन्द्रलाई ५८ सिट हाराहारीमा हुने गरी बाँडफाँड गरेका छन् ।
नयाँ शक्ति र एमालेको चुनाव चिन्ह् लिएर उठ्ने बताएका हृदेश त्रिपाठीलगायका नेतालाई छुट्याएर दुई दलले सिट निर्धाण गरेका हुन् । एमाले, माओवादी र नयाँ शक्तिले मंसिरमा हुने चुनावमा तालमेल र त्यसपछि पार्टी एकता गर्ने भन्दै पार्टी एकता समन्वय समिति र कार्यदल बनाएर छलफल अघि बढाइरहेका छन् । वाम तालमेलले दबाबमा रहेको कांग्रेसलाई समेत लोकतान्त्रिक गठबन्धन तयार गर्ने हतारो देखिन्छ । त्यही हतारोमा रहेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी नेता जर्नादन शर्मालाई गृहमन्त्रीबाट हटाएर कमल थापालाई उपपप्रधान तथा गृहमन्त्री बनाउने तयारीमा लागेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा