सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एथेन्स । टर्कीको पश्चिमी क्षेत्र एजिएन र ग्रिसको लेसबस तथा चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् ।ग्रिक सरकारी टेलिभिजन इआरटीले ६.३ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । लेसबसको भ्रिसा भन्ने गाँउमा ती १० जना घाइते भएको र एक जना बृद्ध रहेका बताएको छ ।
“दर्जनौ घरहरु भत्किएका छन्, गाँउका सडकहरु पनि चिराचिरा परेका छन्,” एक सरकारी अधिकारीले स्थानीय एक टेलिभिजनसँग भने ।
उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य स्थानीयले अपाङगता भएका र महिलाहरुलाई पहिलो प्राथमिकता दिई उद्धारको काम भइरहेको जनाएका छन्
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा