सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३० – गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि चाँडै अर्को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए । मानव संसाधन विकास (एचआरडी) कोरियालाई परीक्षा सञ्चालन गर्ने विषयमा सोमबार पत्र समेत पठाइएको छ ।
परीक्षा सञ्चालन गर्न नेपाल आएको टोलीसँग पनि यस विषयमा छलफल गरिएको इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा सञ्चालन गर्न आएको टोलीले रिपोर्ट लिएर गएकाले एचआरडीले चाँडै परीक्षा सञ्चालन गर्ने मिति तोक्ने शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षार्थीका नाम र प्रवेश पत्र नम्बर उत्तरपुस्तिकामा नै छापिएर आउने भएकाले तत्कालै परीक्षा सञ्चालन गर्न नसकिएको हो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा