सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ – काठमाठौं, भोली शनिबारवाट आठौं कोरियन भाषा परीक्षा सुरु हुदैछ । रोजगार अनुमति प्रणाली अन्र्तगत कोरियाको मानव संसाधन विभागले यो भाषा परीक्षा सञ्चालन गर्दैछ । शनिबार र आईतबार दुई चरणमा हुने भाषा परीक्षामा कूल ७५ हजार ५ सय ८० जना सहभागि हुने जनाइएको छ । पहिलो चरणको भाषा परीक्षा विहान ८ वजेवाट सुरु हुनेछ भने दोस्रो दिउँसो १२ वजेवाट हुने इपिएस कार्यालयले जनाएको छ । विगतमा काठमाडौं उपत्यका वाहिर पोखरामा समेत भाषा परीक्षा सञ्चालन भएकामा यस पटक काठमाडौं र ललितपुरमा मात्र परीक्षा केन्द्र तोकिएका छन् ।
इपिएसले काठमाडौंमा १७ वटा र ललितपुरमा ९ वटा परीक्षा केन्द्र तोकेको जनाएको छ । यस पटक नेपाललाई १० हजार २ सय कोटा तोकेको छ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि तथा पुशपालनमा ६ हजार २ सय जनालाई रोजगारीका लागि उत्र्तिण गराउने कोरियाको तयारी रहेको जनाइएको छ ।
सन् २००७ मा नेपाल र दक्षिण कोरियावीच रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कामदार लिने सम्झौतापछि सन् २००८ मा नेपालमा पहिलो पटक भाषा परीक्षा सञ्चालन भएको थियो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा