सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ – बाँके, जिल्ला मालपोत कार्यालय बाँकेमा कार्यरत दुईजना कर्मचारीलाई अख्तियर दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । खरिदार नरबहादुर सारु मगर र लेखनदास सर्जु थापाले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादोको जग्गाको निर्णय प्रमाणित गरी बिक्री गर्ने प्रयोजनको लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
उनीहरु दुवै जनालाई सेवाग्राहीबाट चार लाख ९८ हजार घुस रकम लिँदै गरेको अवस्थामा सोमबार राति पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत निराजन शर्माले जानकारी दिनुभयो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा