सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।
कैलालीको लम्कीस्थित इकाईका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।
उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना आयोगले पाएको थियो । उनलाई नेपालगञ्ज–२ बाट रकमसहित नियन्त्रणमा लिइएको आयोगले बिहीबार जनाएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा