सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ६ बैशाख । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोशी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरु तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा