सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ चैत । आज मुस्लिम धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको एक इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउँदै छन् ।
एक महिने रमजान (रोजा व्रत) समापन भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हो । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
खुशीपूर्वक दान गरेर दिन दुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरेपछि ठूलाबडाकहाँ आर्शीवाद लिने क्रम शुरु भएको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दिन दुःखी र गरीबलाई दान दिनु हो ।
इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईद उल फित्र – ‘ईद’ र ईदुज्जुहा – ‘बकरी ईद’ हुन् । यी दुईमध्ये पहिलो पर्व ईदु उल फित्र हो । रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा यो मनाइन्छ । दोस्रो पर्व भने त्यो अद्वितीय कुरबानी अर्थात् बलिदानको सम्झना हो, जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।
इस्लाम धर्मावलम्बिहरूले संसारभरि नै प्रायस् एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछ्न् ।
ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा