सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १७ , काठमाडौं । आज विश्व धूमपानरहित दिवस विभिन्न कार्यक्रम गरी मनाइदँैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्व धूमपानरहित दिवस मनाउने गरिन्छ । विश्वमा सूर्तीजन्य पदार्थबाटै वर्षेनी ७० लाख मानिसको मृत्यु भए पनि त्यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन ।
सूर्तीजन्य वस्तु सेवनबाट मानिसलाई असर गर्छ भन्ने जानकारी हँदाहँदै पनि मानिसले सूर्तीजन्य पदार्थलाई त्याग्न नसक्नुले वार्षिक ७० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ ।
मानिसले जतिसुकै सन्तुलित भोजन र शारीरिक व्यायाम गरे पनि यदि उसले धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्छ भने कहिल्यै स्वस्थ रहन सक्दैन ।
चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् । निकोटिनले १० सेकेन्डमा मस्तिष्कमा असर गर्न सुरु गर्छ । धुमपानले क्यान्सर हुन्छ साथै मुटु रोग निम्त्याउने सम्भावना हुन्छ । निकोटिनको कारणले कोलेस्टेरोल बढ्न थाल्छ, जसले गर्दा रगतमा अक्सिजनको कमी हुन गई हृदयघात हुने सम्भावना बढेर जान्छ । नेपालमा पनि सूर्तीजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिस मर्ने आकलन छ । नेपालमा नसर्ने रोगको तथ्याङ्क ४२ प्रतिशत हुँदा धूमपानबाटै वर्षेनी १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २५ हजार नेपालीको मृत्यु हुने गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा