सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ चैत । नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।
नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ ।
नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् ।
आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।
सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो ।
अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।
उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा