सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ चैत । दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रनमा जोडेको हो ।
नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रनमा आउट भए।
यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे।
कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए।
अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन जोड्दा विवेक यादवले नटआउट ७ रन जोडे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा