सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ फागुन । काठमाडौँको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मृतक राजु घिमिरे रहेका छन् ।
बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
श्रीमानले घरेलु हतियार प्रहार गरी श्रीमती र दुई छोरीको हत्या गरी आफुले आत्महत्या गरेको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा ओखलढुंगाकी ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ हुनुहुन्छ ।
अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा