सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ माघ । साताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परसूचक नेप्से आज आइतबार १० दशमलव ३७ अङ्कले बढेर २ हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ ।
यसदिन ३०६ वटा कम्पनिको १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँमा कारोबार किनबेच भएको छ ।
आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्सको ३३ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत् र साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर झन्डै ९ प्रतिशते घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा