सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ जेठ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ ।
नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो ।
केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूतावासले खर्च बेहोरेर नेपाल पठाएको हो ।
क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार मलेसियामा अलपत्र परेकाहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर जारी रहनेछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा