सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ माघ । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंङ्कले घटेको छ । गएको साता बिहिबार ७ दशमलव २४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६३ अङ्कले घटेर २ हजार १ सय ३० दशमलव १८ विन्दुमा झरेको छ ।
यसदिन ३०८ वटा कम्पनिको २ करोड २८ लाख कित्ता शेयर ७ अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज हाइड्रोपावर र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, फाइनान्स, व्यापार, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ३० लाख कित्ता शेयर ५६ करोड ७९ लाख रुपैयाँमा किनबेच भयो ।
आज सिईडिवि हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ८ दशमलव २७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावरले झन्डै १० प्रतिशतले कमाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा