सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ पौष । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानसेनापति शर्माले सेनालाई अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोशित बनेका हुन् ।
उनले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यहिबीचमा जन्ममितिको विषय उठेको दाबी गरे । आफ्ना कर्मचारीको उमेर कागजात हेरेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको स्पष्ट पारे । पाण्डेको विषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सहि पाइएको उनले बताए ।
त्यस्तै प्रधानसेनापति शर्माले काठमाडौं–तराई फास्ट ट्रयाक आर्थिक बिषयका कारण ढिलाई नभएको जिकिर गरे । काठमाडौं–तराई फास्ट ट्रयाकलाई सहि समयमा सम्पन्न गर्न विद्यमान कानून बाधक रहेको भन्दै यहि अवस्था रहे २०८३ साल सम्म पनि निर्माण सम्पन्न नहुने उनले बताए । उनले काठमाडौं–तराई फास्ट ट्रयाक नमागेको भन्दै सरकारले काम गर्ने जिम्मेवारी दिएको तर आवश्यक कानून नदिइएको धारणा राखे ।
बैठकमा समिति सदस्यहरुले बिभिन्न बहानामा काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणलाई ढिलाई गर्न नहुने धारणा राखेका थिए ।
द्रुतमार्गमा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा