सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, १० पोखरा । पोखरा लेखनाथ महानगर पालिकाको वडा नं– २१ मा नेकपा एमालेको समूह विजयी भएको छ । उक्त वडामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गर्नुभयो ।
सो वडाको खुल्ला सदस्यद्वय नन्दलाल अधिकारी र रामबहादुर गुरुङ, महिला सदस्यमा अम्विका थापा र दलित महिला सदस्यमा सीतादेवी विक विजयी हुनु भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा