सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, ३० मंसिर । चाँगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गर्नुभयो ।
चाँगुनारायण नगरपालिका-५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको हो ।
त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।
नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा