सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर, मंसिर २९ गते । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका-७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागी चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका-१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र निजकै श्रीमती २७ वर्षीया मनिसा लिम्बू समेतलाई खानतलाशी गरी अटोको डिक्कीमा चेकजाँच गर्दा ५१ ग्राम ब्राउनसुगर सहित उनिहरुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-७ हाडेबास स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा रौतामाई गाउँपालिका-४ मालवासेका ५५ बर्षीय मोटे रोका र २३ बर्षीय नेत्र परियारको साथबाट १६ केजि ३३० ग्राम लागु औषध गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा