सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १० – थपिएका स्थानीय तहको संख्या र विवरण निर्वाचन आयोगलाई अझै नपठाउँदा अन्योल बढेको छ । संख्या थपघटबारे सरकारबाट कुनै जानकारी नआएकाले आयोगले पहिलेकै कार्यतालिका अनुसार काम गरिरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । जेठ ३१ मा ४ सय ६१ स्थानीय तहमा चुनाव गराउनेगरी तयारी भैरहेको उहाँले बताउनुभयो ।
सरकारको निर्णय अनुसार थपिएका स्थानीय तहमा नयाँ ढंगले काम गर्नुपर्ने हुन्छ । ती ठाउँमा मतदाता नामावली, मतदाता परिचयपत्र फेरि छाप्ने र निर्वाचन अधिकृतसहितका कर्मचारीको व्यवस्थापनदेखि मतदान केन्द्रसम्म मिलाउनुपर्ने हुन्छ । तर सरकारले जानकारी नगराउँदा आयोगले पुरानै कार्यतालिका अनुसार काम गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्तले केही प्राविधिक समस्या भए पनि थपिएका ठाउँमा ३१ गते नै चुनाव गराउन सकिने बताए पनि आयोगका अरु पदाधिकारी भने अलमलमा छन् ।
‘
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा