सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ४ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । उपसभामुख अनुपस्थित भए पनि उनले अध्यक्षताको जिम्मेवारी दिएका कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीको अध्यक्षतामा बैठक बसेर थापाले विश्वास मतका लागि प्रस्ताव गरेका थिए ।
सभाध्यक्ष गरेका मन्सुरीको मतलाई समेत जोडेर उनले विश्वासको मत पाएका हुन् । सभाध्यक्षको मत दुरुपयोग गरेर विश्वासको मत पाएको भन्दै एमालेले चर्को नाराबाजी गरेको थियो ।
मन्सुरीको मतसहित थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको हो । सभाध्यक्ष गरेका मन्सुरीले आफू मत दिन जाँदा गिता तिम्सिनालाई बोलाउदा एमालेले नाराबाजी सुरु गरेको थियो । मत दिएपछी मन्सुरी आफैले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा