सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १ भाद्र । आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ ।
स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो । स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाएको जनाइएको छ ।
यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन् । सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा शतर्कता बढाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा