सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याए । नवनिर्वाचित राई यसअघिका नगरप्रमुख हुन् । त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का सुमुना श्रेष्ठले तीन हजार ८३४ मत विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनिता न्यौपानेले तीन हजार ४८७ मत पाउनुभएको छ ।
यता जिल्लाको धर्मदेवी नगरपालिका प्रमुखमा एमालेका उदयचन्द्र पौडेल चार हजार २८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थलकुमार लिङ्खाले चार हजार १९३ मत ल्याएका छन् । पौडेल यसअघि वडाध्यक्ष थिए ।
उपप्रमुखमा काँग्रेसका तारा महतले चार हजार २३ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी गिरीले चार हजार पाँच मत ल्याइन् । यसअघि धर्मदेवी नगरप्रमुख–उपप्रमुख काँग्रेसले जितेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा