सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल।गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।
नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ मा कांग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसकै बावुराम खत्रीले ४८७, वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन् ।
रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा