सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत २२ – इंग्लिस क्लब चेल्सीका फरवार्ड इडन हजार्डले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्रशंसा गरेका छन् । हजार्डले मेस्सी फुटबलको वास्तविक कलाकार रहेको बताए । आफू मेस्सी जस्तो उत्कृष्ट नरहेको उनको भनाई छ । यो सिजन हजार्डले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । चेल्सी अहिले लिगको शीर्ष स्थानमा छ । हजार्डले पाँच पटकका बालोन डी’ओर विजेता मेस्सी र आफूबिच तुलना गर्न नमिल्ने बताए ।
आफ्ना लागि जिनेदिन जिदान र रोनाल्डिन्हो पछि मेस्सी फुटबलको वास्तविक कलाकार रहेको हजार्डले बताए । उनले भने ‘मेस्सी निकै उत्कृष्ट छन्, मैले आफूलाई मेस्सीसँग तुलना गर्नै सक्दिन ।’ समर्थकलाई खुशी बनाउनु र राम्रो प्रदर्शन गर्नुमा नै आफ्नो ध्यान रहेको उनले बताए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा