सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुती “अमिला कथा” नामक गीत बजारमा आएको छ । मिलन खड्काकाे निर्देशनमा बनेकाे याे गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वर एवमं संयाेजन रहेको यो गीतमा उनै सेञ्चुरी र प्रतिक्षा खतिवडाकाे मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ ।
यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् । यस भिडियाेकाे छायाङ्कन विकास मगर र सुमन मगरले गरेका छन् ।
यस गीतमा पीडाले कुनै पनि व्यक्तिलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा देखाउन खोजिएको छ । याे भिडियाेमा पीडाले मानिसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा देख्न सकिन्छ । आफ्नो प्रेमिकाको मृत्युपछि प्रेमीको रोधन र वेदनालाई समेटिएको यो भिडियोमा कतिपय कुराहरू भने सस्पेन्स राखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा