सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१७ चैत ,लहान।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिरहामा लगाएको ताला प्रहरीले आज फुटाएको छ । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेको केही छिनमै जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले ताला फुटाएको हो ।
बाक्लो सुरक्षा घेराका बीच मोर्चाका नेता कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन कार्यालय जुटेकाले त्यसविरुद्ध सो कार्यालयमा तालाबन्दी गरिएको सङ्घीय समाजवादी फोरम नेपालका सिरहा अध्यक्ष बादलप्रसाद यादवले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा